म्याग्दी
पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्रका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असाहय, गरिब, अपाङ्घता भएकालाई अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ ।
गाउँकार्यपालिकाको कार्यालय लामाखेतमा बिहिबार एक समारोहकाबिच अध्यक्ष राजुप्रसाद आचार्यले गर्भवती तथा सुत्केरीलाई घरदेखि अस्पतालसम्म उपचारमा आउनका लागि निःशुल्क सेवाको शुभारम्भ गरेका हुन् ।
गर्भवती र सुत्केरी अवस्थामा समयमै सवारीसाधनको उपलब्धता नहुने, सवारीसाधनले समेत चर्को शुल्क लिने गरेको गुनासोसँगै छिमेकी जिल्ला म्याग्दीको बेनी अस्पताल, पर्वत अस्पताल, बागलुङ जिल्लाको बागलुङ अस्पतालका साथै रिफर हुने अस्पतालसम्म कुनैपनि शुल्क नलाग्ने गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए ।
सेवा शुभारम्भ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्य, वडा अध्यक्ष, कार्यपालिका सदस्य,गाउँपालिकाका कर्मचारी सहभागी थिए । गाउँपालिकाभित्र निशुल्क बाहेक गाउँपालिकाभित्रका बासिन्दाले सेवा लिन चाहनेलाई भाडा तोकिएको छ । सेवा २४ घण्टै उपलब्ध हुनेछ ।
गाउँपालिकाले सेवा प्रवाहलाई मध्यनजर गरी सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, असाहय, गरिब, अपाङ्घता भएकाहरूको सम्बन्धित शाखाबाट तथ्याङ्कसहित विवरण संकलन गर्ने समेत गरिने प्रमुख प्रशासकीय अधिकृत आचार्यको बताए ।
यसैबीच सेवाप्रवाहका लागि गाउँपालिकाले निशुल्क टोल फ्रि नम्बर १८१०५०००१६८ तथा ३ जना नगर प्रहरी, २ जना चालक र २ कर्मचारीलाई सचिवालयमा राखिएको छ । गाउँपालिकाका कुनै गुनासो, प्रतिकृया, सुझाव, सल्लाह, राय दिन सकिने गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति २०८१ साउन १० गते बिहीबार ०७:२९




