२०८३ असोज २५ गते आइतबार

राष्ट्रिय परिचयपत्र बनाउँदा संस्कृति र जातीय पहिचान झल्किने पहिरन लगाउन पाइने

राष्ट्रिय परिचयपत्र बनाउँदा संस्कृति र जातीय पहिचान झल्किने पहिरन लगाउन पाइने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १७ गते बिहीबार १०:१५

यसअघि सिन्दूर, टिका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै आलोचना भएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने जनाएको हो ।

पोखरा ।

राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा अब आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन मिल्ने भएको छ ।

यसअघि सिन्दूर, टिका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै आलोचना भएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने जनाएको हो ।

विभागले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन मातहतका सबै निकायलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति २०८१ साउन १७ गते बिहीबार १०:१५
हजुरको प्रतिक्रिया