२०८३ असोज २५ गते आइतबार

पत्रकारलाई कुटपिट गर्ने थप एक पक्राउ

पत्रकारलाई कुटपिट गर्ने थप एक पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १८ गते शुक्रबार ०६:१७

कुटपिटमा संग्लन पाँच जना आइतबार नै पक्राउ परेका थिए ।

पोखरा

रिपोर्टिङमा पुगेका पत्रकारमाथि कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१७ बस्ने १७ वर्षीय किशोर रहेका छन् ।

गत आइतबार गण्डकी प्रदेशमा भएको यातायात व्यवसायीको आन्दोलनको रिपोर्टिङ गर्न पोखराको पृथ्वीचोक पुगेका पोखरा टेलिभिजनकी विनाकुमारी थापा र गण्डकी भ्वाइसका सुरज थापामाथि कुटपिट भएको थियो ।

घटनापश्चात फरार भएका १७ वर्षीय किशोरलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

कुटपिटमा संग्लन पाँच जना आइतबार नै पक्राउ परेका थिए । ग २० प ३९७३ नम्बरको स्कूटरको पछाडी सवार बिनाकुमारीले क्यामेराबाट भिडियो खिच्दै गर्दा आन्दोलनरत समूहले कुटपिट गरेको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले शान्तिपूर्ण आन्दोलन गर्ने भनेपनि पत्रकार, निजी सवारी चालकमाथि जाइलाग्ने मात्रै नभएर सवारी तोडफोडमै उत्रिएका थिए ।

प्रकाशित मिति २०८१ साउन १८ गते शुक्रबार ०६:१७
हजुरको प्रतिक्रिया