२०८३ साउन २१ गते बिहीबार

कोल्डस्टोरले किसानलाई राहत

कोल्डस्टोरले किसानलाई राहत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १९ गते शनिबार ०८:२७

अहिले कोल्डस्टोरमा ७ हजार ५५० किलो आलु भण्डारण गरिएको छ ।

म्याग्दी

म्याग्दीको बेनी नगरपालिका–४ सिंगा राजिकुलोमा निर्माण भएको कोल्डस्टोर प्रयोगमा आएपछि किसानलाई राहत मिलेको छ ।

गत बर्षदेखि सञ्चालनमा आएको कोल्डस्टोरमा सुन्तला राखेर सफल परीक्षण गरेपछि अहिले म्याग्दीका किसानले आलु भण्डारण गरेका छन् । गतबर्ष सुन्तलाको सिजनमा करिब १५ सय किलो सुन्तला भण्डारण भएको थियो । आलुको सिजनमा सस्तोमा बजारमा बेच्नुभन्दा कोल्ड स्टोरमा राखेर बेमौसमा महँगो मूल्यमा बिक्री गर्ने गरी धमाधम भण्डारण भइरहेको छ ।

कोल्डस्टोर बनेपछि किसानमा खुशीयाली छाएको छ । अहिले कोल्डस्टोरमा ७ हजार ५५० किलो आलु भण्डारण गरिएको छ । थप ३ सय किलो आलु ल्याउने तयारी भइरहेको बेनी नगरपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए ।

कोल्ड स्टोरमा राखेका किसानले आलु फिर्ता लाने बेलामा प्रतिकिलो १० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । कोल्ड स्टोरमा विद्युत् आपूर्ति सहित अन्य संरचनासमेत आधुनिक भएकाले म्याग्दीमा आलु उत्पादन गर्ने कृषि सहकारी, किसानका साथै छिमेकी जिल्ला बागलुङबाट समेत भण्डारणका लागि माग गरिएको छ ।

कोल्डस्टोर १ करोड ६० लाख रुपैयाँमा निर्माण गरिएको हो । आवश्यक संरचना समेत थपिने क्रममा छ । म्याग्दी जिल्लामा सुन्तला र आलु् अत्याधिक उत्पादन हुने भएकाले सिजन बाहेक बेमौसम समयमा विक्री वितरणका लागि सहज विश्वास छ ।

प्रकाशित मिति २०८१ साउन १९ गते शनिबार ०८:२७

हजुरको प्रतिक्रिया