२०८३ कात्तिक ११ गते मंगलबार

स्वस्थ जनशक्ति तयार पार्न आध्यात्मिक कार्यक्रम हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल

स्वस्थ जनशक्ति तयार पार्न आध्यात्मिक कार्यक्रम हुनुपर्छः स्वास्थ्यमन्त्री पौडेल

अस्मिता खनाल

@Public 4K Tv

२०८१ साउन २१ गते सोमबार ०६:२७

उपवास, प्रवचन, भजन किर्तन, योगध्यान जस्ता धार्मिक क्रियाकलापले स्वस्थ बनाउन मद्दत पु¥याउने बताएका छन् ।

तनहुँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वस्थ जनशक्ति तयार पार्न आध्यात्मिक कार्यक्रमको महत्वपूर्ण योगदान रहने बताएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामको सप्ताहव्यापी शिव महिमा महोत्सवको उद्घाटन गर्दै मन्त्री पौडेलले मानसिक स्वास्थ्य सुधार्न आध्यात्म मुख्य आधार भएको बताए ।

अहिले मानसिक रोगको ग्राफ उच्च रहेको भन्दै मन्त्री पौडेलले उपवास, प्रवचन, भजन किर्तन, योगध्यान जस्ता धार्मिक क्रियाकलापले स्वस्थ बनाउन मद्दत पु¥याउने बताएका छन् ।

मन्त्री पौडेलले बेलचौतारामा रहेको जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई शिक्षण अस्पतालका रूपमा विकास गर्न कार्य थालिएको बताए । ढोर फुलबारी सहिद अस्पताल लगायत यस क्षेत्रका स्वास्थ्य संस्थाको स्तरोेन्नतिको काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पूर्वमन्त्री तथा संविधान सभा सदस्य आशा कोईरालाले समुदायको सक्रिय सहभागितामा च्यवनधाम छोटो समयमा नै उत्कृष्ट पर्यटकीय स्थलको रूपमा विकास भएको बताईन् ।

गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महत, शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित लगायतले अनुशासित र मर्यादित समाजका लागि धार्मिक कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताए ।

साउन २८ गतेसम्म सञ्चालन हुने शिव महिमा महोत्सवमा पण्डित बालकृष्ण अर्यालले कथा प्रवचन गर्नेछन् ।

महोत्सवको समयमा शिव महिमा कथा वाचन, हरेक दिन साँझ महाआरती, धार्मिक गीति नाटक, भजन किर्तन लगायतका धार्मिक अनुष्ठान गरिने मुल समारोह समितिका संयोजक नारायण श्रेष्ठले जानकारी दिए ।

च्यवनधाम र गौ संरक्षण केन्द्रको विकासका लागि भावनात्मक तथा आर्थिक सहभागीता वृद्धि गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको धाम विकास समितिका अध्यक्ष होमनाथ लम्साल अर्जुनले जानकारी दिए ।

 

प्रकाशित मिति २०८१ साउन २१ गते सोमबार ०६:२७
हजुरको प्रतिक्रिया