२०८३ साउन २१ गते बिहीबार

बागलुङ पहिरो: थप एक जनाको शव फेला, दुई जना अझै वेपत्ता

बागलुङ पहिरो: थप एक जनाको शव फेला, दुई जना अझै वेपत्ता

डम्मर बुढामगर

@Public 4K Tv

२०८१ साउन २४ गते बिहीबार ०६:०२

गत मंगलबार विहान बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परेर वेपत्ता मध्ये थप एक जनाको शव फेला परेको छ ।

बागलुङ
गत मंगलबार विहान बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परेर वेपत्ता मध्ये थप एक जनाको शव फेला परेको छ । दुई जना अझै वेपत्ता छन् । पहिरोमा परेर वेपत्ता ७ वर्षीया मधु बुढाको शव विहीबार विहान मध्यान्न फेला परेको हो ।

१० वर्षीयका मनोज बुढा र ११ वर्षीय सुमन थापा अझै वेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए । पहिरोले घर पुरिँदा वेपत्ता भएका तीनै जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरि खोजी कार्य भइरहेको उनको भनाइ छ ।

पहिरोले घर पुरिँदा स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, ८ वर्षीया अमल बुढा, सञ्जु विककी ६ महिने छोरी सीता विक र ७० वर्षीया मैतीदेवी विकको शव मंगलबारनै फेला परे को थियो । ३ वर्षीय आरुस थापाको शव बुधबार दिउसो भेटिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् ।

अध्यक्ष अधिकारीका अनुसार पहिरोमा परि घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया संगीता बुढाको अवस्था गम्भीर भउको हुँदा हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति २०८१ साउन २४ गते बिहीबार ०६:०२
हजुरको प्रतिक्रिया