२०८३ असोज २५ गते आइतबार

मापदण्ड पूरा नगर्ने गौरव नेपाल लागु पदार्थ उपचार केन्द्र खारेज

मापदण्ड पूरा नगर्ने गौरव नेपाल लागु पदार्थ उपचार केन्द्र खारेज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २४ गते बिहीबार ०७:२६

पोखरामा रहेको गौरव नेपाल लागु पदार्थ तथा मादक पदार्थ उपचार केन्द्रलाई खारेज गरिएको छ ।

पोखरा
पोखरामा रहेको गौरव नेपाल लागु पदार्थ तथा मादक पदार्थ उपचार केन्द्रलाई खारेज गरिएको छ । आवश्यक मापदण्ड पूरा नगरेको भन्दै उक्त उपचार केन्द्रलाई खारेज गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीको निर्देशनमा उपचार केन्द्रलाई बन्द गरिएको एसपी थापाले बताए ।

जिल्ला प्रशासन कार्यालयको नेृतत्वमा रहेको अनुगमन टोलीले अनुगमनका क्रममा पटकपटक सुधारका लागि चेतावनीका दिएपनि सुधार नभएपछि खारेज गरिएको थापाले उल्लेख गरे । करिब २ महिनाअघि प्रशासन र प्रहरीसहितको टोलीले उक्त उपचार केन्द्रमा अनुगमन गरेको थियो । अनुमगनका क्रममा उपचार केन्द्रमा अमानविय व्यवहार देखिएको एसपी थापाले सुनाए ।

‘प्रशासनको नेतृत्वमा गरेको अनुगमनमा क्रममा त्यहाँ जेलभन्दा पनि गैरगुज्रेको पाइयो । सुगुरलाई राख्ने खोर जस्तो पायौं । सुधारका लागि समय दिएपनि सुधार भएन । खारेज गर्ने निर्णयमा पुग्यौं,’ उनले भने ।

उपचार केन्द्रमा १९ जना लागु औषध प्रयोगकर्ता उपचारमा थिए । १९ जना फरार भएपछि अनुगमन टोलीले अनुगमन गरेको थियो । अहिले १८ जनालाई फेला पारेर परिवारको जिम्मा लगाइएको कास्की प्रहरी प्रमुख थापाले बताए । एकजनाको खोजी भइरहेको उनको भनाइ छ । कास्कीमा रहेका अन्य सुधार केन्द्रहरुलाई पनि अनुगमन गर्दै जाने योजना रहेको एसपी थापाले सुनाए ।

प्रकाशित मिति २०८१ साउन २४ गते बिहीबार ०७:२६

हजुरको प्रतिक्रिया