२०८३ साउन २१ गते बिहीबार

पोखरामा सहरी योजना आयोगका उपाध्यक्ष र सदस्यले दिए राजीनामा

पोखरामा सहरी योजना आयोगका उपाध्यक्ष र सदस्यले दिए राजीनामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २५ गते शुक्रबार ०१:०९

आयोगको उपाध्यक्ष र सदस्यहरु २०८० असार दोस्रो साता नियुक्त भएका थिए । कार्यकाल ३ वर्ष बाँकी छ ।

पोखरा

पोखरा महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले राजीनामा दिएका छन् ।

उपाध्यक्ष प्रेमलाल लामिछाने, सदस्यद्वय होमनाथ गैरे र जयप्रसाद सापकोटाले बुधवार मेयर धनराज आचार्यलाई राजीनामा बुझाएका हुन् ।

उनीहरु राजीनामा भने स्वीकृत भएको छैन । दुई सुरेन्द्रबाबु तिवारी र मन्दिरा पराजुलीले भने राजीनामा बुझाएका छैनन् ।

अपेक्षा अनुसारको काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको उपाध्यक्ष लामिछानेले बताए ।

‘कसैप्रति द्वेष, पूर्वाग्रह केही होइन । यथार्थ के हो भने जुन खालको हामीले नि काम गर्ने वातावरण अपेक्षा अनुरुप भएन । मेयरसापले नि निकै प्रयत्न गर्नुभो त्यस्तो माहोल पनि बनेन्’, उनले भने ।

परिस्थीतिले काम गर्ने अवस्था नभएकाले पदबाट राजीनामा दिएको उनको भनाइ छ ।

आयोगको उपाध्यक्ष र सदस्यहरु २०८० असार दोस्रो साता नियुक्त भएका थिए । कार्यकाल ३ वर्ष बाँकी छ । नियुक्ति हुँदाका बनाइएको ३३ बुँदे कार्य योजना कार्यान्वयन गर्न नसकेपछि राजीनामा दिएको प्रतिक्रिया दिएका छन् ।

 

पोखरा महानगरपालिका अन्तर्गत सहरी योजना आयोगको उपाध्यक्ष र सदस्यहरु सपथ ग्रहणपछि । फाइल तस्बिर

प्रकाशित मिति २०८१ साउन २५ गते शुक्रबार ०१:०९
हजुरको प्रतिक्रिया