२०८३ साउन २१ गते बिहीबार

पोखरामा शनिबार हब शैक्षिक मेला हुने

पोखरामा शनिबार हब शैक्षिक मेला हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २५ गते शुक्रबार ०६:४८

पोखरामा शनिबार हब शैक्षिक मेला हुने भएको छ ।

पाेखरा 

पोखरामा शनिबार हब शैक्षिक मेला हुने भएको छ ।

हब इन्टरनेशनल एजुकेशन पोखरको आयोजनामा न्यूरोडस्थित पूर्णिमा कम्प्लेक्समा शनिबार शैक्षिक मेला हुन लागेको हो । मेलामा सहभागी भएर विद्यार्थी तथा अभिभावकले अन्तर्राष्ट्रिय शिक्षा, त्यहाँको शैक्षिक प्रणाली र अध्ययनपछिको अवसरको बारेमा निःशुल्क जानकारी लिन सक्ने जनाइएको छ ।

मेलामा सांगीतिक कार्यक्रम, स्वास्थ्य शिविर, फुटस्टल, करिअर काउन्सिलिङ, कविता प्रतियोगितालगायत रोचक खेलहरू समेत खेलाइने एजुकेशनका सञ्चालक उद्धब खड्काले जानकारी दिए । अन्योलमा रहेका विद्यार्थीले समेत यो शैक्षिक मेलामा सहभागी भएर आफ्ना सबै अन्योलतालाई मेटाउन सक्ने आयोजकको विश्वास छ ।

काठमाडौंको हात्तिसारमा केन्द्रीय कार्यालय रहेको हब एजुकेशनले १८ वर्षदेखि उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई विदेश पठाउँदै आएको छ । एजुकेशनले अष्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड, युके, अमेरिका, क्यानडा, भारत जान चाहने नेपाली विद्यार्थीलाई परामर्श दिँदै आएको एजुकेशनका सञ्चालक खड्काले सुनाए ।

पोखराको ट्रेड महलको तेस्रो तलावाट सेवा प्रवाह गर्दै आइरहेको एजुकेशनको शाखा पोखराकै न्यूरोडस्थित पूर्णिमा कम्प्लेक्समा सरेको छ । एजुकेशनको शाखा काठमाडौं, चितवन, भैरहवादेखि विदेशमा अष्ट्रेलिया, युके, पाकिस्तान, भारत, श्रीलंका र फिलिपिन्समा पनि विस्तार गरेको छ ।

प्रकाशित मिति २०८१ साउन २५ गते शुक्रबार ०६:४८
हजुरको प्रतिक्रिया