पोखरा
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाले गत आार्थिक वर्षको प्रगति तथा चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । महाशाखा प्रमुख मनहर कडरीयाले गत आर्थिक वर्षमा करिब ६४ प्रतिशत वित्तिय प्रगति भएको जानकारी दिए । गत आर्थिक वर्षमा महाशाखाका लागि १४ करोड ४१ लाख बजेट बिनियोजना भएको थियो ।
महाशाखा अन्र्तगत कृषि तर्फ ८८.८६ प्रतिशत, पशुतर्फ ६१.२७ प्रतिशत र सहकारी तथा साना उद्यमतर्फ ६४ प्रतिशत बजेट खर्च भएको कडरीयाले जानकारी दिए । महानगरले किसानको उत्पादन विक्री नभएमा न्युनतम समर्थन मुल्य दिने नीति अनुसार गत वर्ष ५१ लाख रुपैया किसानलाई उपलब्ध गराएको छ । रकम मध्य २२३ टन च्याउनको न्युनतम समर्थन मुल्य ४१ लाख किसानलाई दिइएको हो । च्याउ खेतीमा पोखरा आत्मनिर्भर रहेको कडरियाले बताए ।
यस्तै,महानगरले किसानको तरकारी र फलफुलको बजारीकरणका लागि संचालन गरेको कृषि एम्बुलेन्सले ५ सय टन संकलन गरी बजारमा पु¥याएको छ । सुन्तला खेती प्रवद्र्धन अन्र्तगत बगैचा व्यवस्थापन सहयोगका लागि २५ लाख रुपैयाँ महानगरले किसानलाई वितरण गरेको छ ।
महानगरले चालु आर्थिक वर्षका लागि ९ करोड बजेट बिनियोजन गरेको छ । पुराना कार्यक्रमलाई निरन्तरता दिने कार्यक्रम समेटिएको महशाखा प्रमुख कडरीयाले जानकारी दिए ।
किसानलाई न्युनतम समर्थन मुल्यका लागि र साना सिंचाइ योजनाका लागि ५० लाखका दरले बजेट बिनियोजन गरिएको छ । कार्यक्रममा बोल्दै महानगर प्रमुख धनराज आचार्यले आर्थिक विकास महाशाखाले आन्तरिक उत्पादन बढाउ र आयात प्रतिस्थापन गर्ने कार्यक्रम संचालन गरेको बताए ।
प्रकाशित मिति २०८१ साउन २५ गते शुक्रबार ०७:०४




