२०८३ असोज २५ गते आइतबार

आदिवासी दिवसमा तनहुँमा मौलिक भाषा र संस्कृतिको प्रदर्शन

आदिवासी दिवसमा तनहुँमा मौलिक भाषा र संस्कृतिको प्रदर्शन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २५ गते शुक्रबार ०७:२१

३० औ विश्व आदिवासी जनजाती दिवसको अवसरमा तनहुँमा मौलिक भाषा र संस्कृतिको प्रदर्शन गरिएको छ ।

तनहुँ
३० औ विश्व आदिवासी जनजाती दिवसको अवसरमा तनहुँमा मौलिक भाषा र संस्कृतिको प्रदर्शन गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रममा मगर, गुरूङ, नेवार, कुमाल, भुजेल, थकाली, तामाङ, पुन लगायतका समुदायका आफ्ना मौलिक भेषमा सजिएर सहभागी बने ।

थरीथरी पोशाकमा सजिएका उनीहरू एक आपसका संस्कृति हेर्न–बुझ्न उत्सुक देखिन्थे । मगर समुदायको कौराहा, नेवारको कुमारी र लाँखे नाँच, तामाङको तामाङसेलो, पुन मगरको सोरठी नाँच प्रस्तुत गरिएको थियो ।

गुरूङ, मगर, नेवार, कुमाल र भुजेल जातिका प्रतिनिधिले आफ्नो आफ्नो मातृ भाषामा मन्तव्य राखी शुभकामना साटासाट गरे । दिवसको अवसरमा आदिवासी जनजातिले स्थानीय तहमा मातृभाषालाई कामकाजको भाषा बनाउन माग गरेका छन् ।

प्रकाशित मिति २०८१ साउन २५ गते शुक्रबार ०७:२१
हजुरको प्रतिक्रिया