२०८३ असोज २५ गते आइतबार

कञ्चन पत्रकारिता पुरस्कार दीपेन्द्र र कमलालाई

कञ्चन पत्रकारिता पुरस्कार दीपेन्द्र र कमलालाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २७ गते आइतबार ०४:२१

पुरस्कारको राशी जनही २५ हजारसहित दोसल्ला र सम्मानपत्र छ ।

पोखरा

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकार दीपेन्द्र श्रेष्ठ र कमलाकुमारी राना पुरस्कृत भएका छन् ।

नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित फोनिजको स्थापना दिवसको अवसरमा आइतबार प्रदान गरिएको हो । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, तमुधीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष कर्मकुमारी गुरुङ लगायतले सम्मान गरे । पुरस्कारको राशी जनही २५ हजारसहित दोसल्ला र सम्मान पत्र छ ।

पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु परिवारले स्वर्गीय बुवाआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन् । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील दुई पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ ।

यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादुर तमु, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना, लमजुङका आश गुरुङ र मुस्ताङका सुन्दरकुमार थकालीलाई यो पुरस्कार अर्पण गरिसकिएको छ ।

प्रकाशित मिति २०८१ साउन २७ गते आइतबार ०४:२१
हजुरको प्रतिक्रिया