२०८३ कात्तिक ११ गते मंगलबार

पोखरामा ‘प्रहरीको सिआइडी हुँ’ भनी नागरिकलाई दुख दिने २ जना पक्राउ

पोखरामा ‘प्रहरीको सिआइडी हुँ’ भनी नागरिकलाई दुख दिने २ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन ३० गते बुधबार ०५:१३

पोखरामा ‘प्रहरीको सिआइडी हुँ’ भनी नागरिकलाई दुख दिने २ जना पक्राउ परेका छन् ।

पोखरा
पोखरामा ‘प्रहरीको सिआइडी हुँ’ भनी नागरिकलाई दुख दिने २ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कमा सादा पोशाकका प्रहरी (सिआइडी) भनी डर त्रास देखाई अभद्र व्यवहार गरेको आरोपमा दुईजनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा–१७ छोरेपाटनका ३२ वर्षीय सन्दीप श्रेष्ठ र पोखरा–७ माछापुच्छे« टोलका २६ वर्षीय सरोज थापा छन् । सोधपुछका क्रमका उनीहरुले प्रहरीलाई समेत अभद्र व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

नियन्त्रणमा लिई सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्दको कसूर अन्तर्गत अभद्र व्यवहार मुद्दा चलाइएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ साउन ३० गते बुधबार ०५:१३
हजुरको प्रतिक्रिया