२०८३ साउन २१ गते बिहीबार

अमेरिकामा डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

अमेरिकामा डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २८ गते मंगलबार ०७:२९

पाेखरा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको हो । महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुनसक्ने बीबीसीले जनाएको...

क्यापिटल हिलमा भएको आक्रमण ट्रम्पकाे उक्साहटमा भएको दाबी

पाेखरा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको हो । महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुनसक्ने बीबीसीले जनाएको छ ।

ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको छ । अमेरिकी संसद क्यापिटल हिलमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको दाबी गरिएको छ । महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन परिणाम उल्टाउन जर्जियाका अधिकारीहरुलाई दबाब दिएको विषय पनि उल्लेख छ ।

त्यसैले सिनेटकी सभामुख नेन्सी पेलोसीसहित धेरैजसो डेमोक्र्याट पार्टीका सांसद र अन्य नेताहरुले समेत ट्रम्पलाई उनको कार्यकाल समाप्त हुनुअघि नै ह्वाइटहाउसबाट निकाल्न चाहेका छन् ।
राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिँदै छ । त्यही दिन नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्दैछन् ।

प्रकाशित मिति २०७७ पुस २८ गते मंगलबार ०७:२९
हजुरको प्रतिक्रिया