म्याग्दी ।
पर्यटन क्षेत्र तथा ओझेलमा परेका पर्यटकीय, धार्मिक तथा सांस्कृतिक स्थलको प्रवर्द्धन गर्न म्याग्दीमा १ लाख धनराशीको खुल्ला फोटो प्रतियोगिता हुने भएको छ ।
मोना अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा यही भदौ १५ गतेदेखि असोज १५ गतेसम्म डिस्कभर म्याग्दी फोटो प्रतियोगिताको आयोजना गरिएको हो ।
शनिबार म्याग्दी उद्योग वाणिज्य संघको सचिवालय र मोना अष्ट्रेलियाले संयुक्त रूपमा आयोजित कार्यक्रममा फोटोग्राफी मार्फत म्याग्दी जिल्लालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय पुरस्कार क्रमश १ लाख, ५० हजार र २५ हजार रहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा म्याग्दी जिल्लाभित्रका फोटो भदौ १ गतेदेखि १४ गतेसम्म ५ सय शब्द उल्लेख गरी पठाइसक्नुपर्ने, म्याग्दी जिल्लाको पहिचान झल्कने कुनैपनि तस्वीरहरुका साथ प्रतियोगितामा सहभागिता जनाउन पाउने लगायतका नियमहरू रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता आगामी असोजको १९ गते घोषणा गरिने छ ।
प्रकाशित मिति २०८१ भदौ २ गते आइतबार ०९:४९




