२०८३ कात्तिक ११ गते मंगलबार

हिमपहिरोले मुस्ताङको बोक्सीखोला थुनियो

हिमपहिरोले मुस्ताङको बोक्सीखोला थुनियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ७ गते शुक्रबार ०४:१५

काठमाडौं । मुस्ताङमा हिमपहिरोले बोक्सीखोला थुनिएको छ ।  बोक्सीखोला कालीगण्डकीमा मिसिने खोला हो । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार शुक्रबार दिउँसो थासाङ गाउँपालिका-२ मा हिँउको ढिस्को खस्दा यो...

काठमाडौं । मुस्ताङमा हिमपहिरोले बोक्सीखोला थुनिएको छ ।  बोक्सीखोला कालीगण्डकीमा मिसिने खोला हो ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार शुक्रबार दिउँसो थासाङ गाउँपालिका-२ मा हिँउको ढिस्को खस्दा यो खोला थुनिएको हो । अहिले निरिक्षणका लागि ‘सीडीओ सहितको टोली साे स्थानमा पुगेकाे सुवेदीले बताए।

‘थुनिएकाे खाेला विस्तारै खाेलिएर बग्न थालेकाे छ, ठूलो मानवीय क्षति नहोला ।’ उनले भने ।

साे खाेलाकाे तल्लाे बेल्टका तटीय क्षेत्रमा भने सतर्कता अपनाउन अनुराेध गरिएकाे छ।

प्रकाशित मिति २०८१ भदौ ७ गते शुक्रबार ०४:१५
हजुरको प्रतिक्रिया