२०८३ कात्तिक ११ गते मंगलबार

फेवातालमा एक बालक मृत फेला

फेवातालमा एक बालक मृत फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ७ गते शुक्रबार ०८:२०

पोखराको फेवा तालमा एक बालक मृत अवस्थामा फेला परेका छन् ।

पोखरा
पोखराको फेवा तालमा एक बालक मृत अवस्थामा फेला परेका छन् ।

पर्वत फलेवास २ थापाठाना घर भइ पोखरा ७ अन्नपुर्ण टोल बस्दै आएका सुर्यबहादुर क्षेत्रीका १३ वर्षीय छोरा प्रताव क्षेत्री फेवातालमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीकाअनुसार उनी बिहीबार साढे १ बजे घरमा कसैलाई नभनी निस्किएका थिए । उनका साथीसँग सोधपुछ गर्दा १ः५० बजेतिर पोखरा १७ ड्यामसाइड फेवातालमा हाम फालेको बताएका थिए ।

शुक्रबार दिउँसो ३ बजेतिर प्रहरीलाई जानकारी आएपछि वडा कार्यालय बैदाम कास्कीका प्रहरी टोली, गण्डकी प्रदेश प्रहरी गण र पोखरा शसस्त्र प्रहरी बल नम्बर २४ हेडक्वाटर मालेपाटनबाट खटिएको संयुक्त रेस्क्यु टोली खटाई खोजतलास गर्दा साढे ४ बजेतिर फेवातालमा फेला परेका हुन् ।

प्रकाशित मिति २०८१ भदौ ७ गते शुक्रबार ०८:२०
हजुरको प्रतिक्रिया