२०८३ साउन २१ गते बिहीबार

मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते

मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ९ गते आइतबार ०९:५८

बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पोखरा ।

मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।

महेन्द्रनगरबाट काठमाण्डौका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दुर्घटना भएको हो ।

बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा १० जना घाइते भएका र उनीहरुको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उपचार भइरहेकामध्ये दुई जनाको अवस्था गम्भीर छ । दुर्घटनापछि घुमाउनेमा बाटो एकतर्फी भएको छ ।

प्रकाशित मिति २०८१ भदौ ९ गते आइतबार ०९:५८
हजुरको प्रतिक्रिया