२०८३ साउन २१ गते बिहीबार

पाकिस्तानको बलुचिस्तान प्रान्तमा स्ट्रिङ आक्रमणमा परी ५३ जनाको मृत्यु

पाकिस्तानको बलुचिस्तान प्रान्तमा स्ट्रिङ आक्रमणमा परी ५३ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ११ गते मंगलबार १०:०७

आक्रमणको जिम्मेवारी लिने प्रतिवन्धित संगठन बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले मध्यरातभन्दा केही समय अघि आक्रमणहरू सुरु गरेको थियो ।

सिन्ह्वा ।

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सोमबार भएको शृंखलावद्ध आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा ५३ व्यक्तिको मृत्यु भएको छ ।

साथै अन्य दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन् ।

आक्रमणको जिम्मेवारी लिने प्रतिवन्धित संगठन बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले मध्यरातभन्दा केही समय अघि आक्रमणहरू सुरु गरेको थियो ।

ठूलो आक्रमण मुसा खेल जिल्लामा गरिएको थियो । जसमा २३ यात्रुहरू मारिएका थिए ।

लास बेला जिल्लामा छुट्टै आक्रमणमा आतंकवादीहरूले आफ्नो विस्फोटकले भरिएको गाडीलाई सेनाको क्याम्पको मुख्य गेटमा ठक्कर दिँदा करिव पाँच सैनिकको मृत्यु भएको थियो ।

शिविर नजिकै दुई आत्मघाती हमलाकारीले आफूलाई विस्फोट गराउँदा शिविरभित्र बस्ने एक सैनिकको परिवारका आठ सदस्यको पनि मृत्यु भएको थियो ।

एउटा छुट्टै घटनामा, बलुचिस्तान प्रान्तको कलात जिल्लामा एक टोल प्लाजा, एउटा अस्पताल र एक जनजाति अगुवाको घरमा आतंककारीहरूले आक्रमण गर्दा पाँच सुरक्षाकर्मीहरू सहित १० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति २०८१ भदौ ११ गते मंगलबार १०:०७
हजुरको प्रतिक्रिया