२०८३ साउन २१ गते बिहीबार

कंगोमा मंकीपक्सका कारण ६१० जनाको मृत्यु

कंगोमा मंकीपक्सका कारण ६१० जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १३ गते बिहीबार १०:४३

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा समन्वयात्मक प्रयासहरूमार्फत एमपक्सको मानवबाट मानव प्रशारण अन्त्य गर्न विश्वव्यापी रणनीतिक तयारी र प्रतिक्रिया योजनाको सुरुवात गरेको छ ।

सिन्ह्वा ।

प्रजातान्त्रिक गणतन्त्र कंगोमा चलिरहेको मंकीपक्स प्रकोपको परिणामस्वरूप १७ हजार ८०१ भन्दा बढी संक्रमित भएका छन् ।

संक्रमणबाट हालसम्म ६१० जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्री रोजर कम्बाले बताए ।

मन्त्रीले कम्बाले जनसमुदायलाई सुरक्षात्मक उपायहरूको पालना गर्न आग्रह पनि गरेका छन् ।

संदिग्ध घटनाहरू द्वन्द्व प्रभावित प्रान्तहरूमा धेरै रहेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा समन्वयात्मक प्रयासहरूमार्फत एमपक्सको मानवबाट मानव प्रशारण अन्त्य गर्न विश्वव्यापी रणनीतिक तयारी र प्रतिक्रिया योजनाको सुरुवात गरेको छ ।

प्रकाशित मिति २०८१ भदौ १३ गते बिहीबार १०:४३
हजुरको प्रतिक्रिया