२०८३ साउन २१ गते बिहीबार

पोखरामा लागू औषधसहित १ जना पक्राउ

पोखरामा लागू औषधसहित १ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १७ गते सोमबार ११:४०

पोखरा महानगरपालिका–१० ईन्द्रमार्ग बस्दै आएका २९ वर्षीय अनिश गुरुङलाई शनिबार वडा कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टालीले लागु औषध सहित प्रकाउ गरेको हो ।

पोखरा ।

पोखरामा लागु औषधसहित एक जना व्यक्ति पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–१० ईन्द्रमार्ग बस्दै आएका २९ वर्षीय अनिश गुरुङलाई शनिबार वडा कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टालीले लागु औषध सहित प्रकाउ गरेको हो ।

उनको कोठाबाट लुकाई छिपाई राखेको अवस्थामा लागू औषध डाईजापाम २३ एम्पुल, फेनेरागन ४१ एम्पुल, नुर्फिन ३३ एम्पुल र बु्रफिन २२ एम्पुल गरी ११९ एम्पुल, नाईट्रोभ्याट ३० चक्की, लागू औषध गाँजा जस्तो देखीने पदार्थ ९७० ग्राम र डिजिटल तराजु १ थान समेतबरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

पक्राउ परेका गुरुङलाईकास्की जिल्ला अदालतबाट लागु औषध सम्बन्धी मुद्दामा १५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।

 

प्रकाशित मिति २०८१ भदौ १७ गते सोमबार ११:४०
हजुरको प्रतिक्रिया