२०८३ साउन २१ गते बिहीबार

कोप–२९ मा नेपालले अधिकारमुखि अवधारणा प्रस्तुत गर्नेछः मन्त्री शाही

कोप–२९ मा नेपालले अधिकारमुखि अवधारणा प्रस्तुत गर्नेछः मन्त्री शाही

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १८ गते मंगलबार १०:२४

उच्चस्तरीय जलवायु परिवर्तन निर्देशक समिति तथा एनडिसि ३.० तयारी प्राविधिक समितिको संयुक्त बैठकमा राष्ट्रिय जलवायु योजना निर्माणको समय तालिका र कोप २९ को मुख्य छलफलको विषय बारे जानकारी गराइएको छ ।

काठमाडौँ ।

सरकारले जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्र संघीय संरचना महासन्धिको २९ औं सम्मेलन (कोप–२९) को तयारी सुरु गरेको छ ।

वन तथा वातावरण मन्त्रालयले सोमबार एक कार्यक्रमको आयोजना गर्दै सम्मेलनमा नेपालको तर्फबाट प्रस्तुत हुने मुद्दाहरु (पोजिसन पेपर) बारे सरोकारवालाहरुसँग छलफल सुरु गरेको हो ।

उच्चस्तरीय जलवायु परिवर्तन निर्देशक समिति तथा एनडिसि ३.० तयारी प्राविधिक समितिको संयुक्त बैठकमा राष्ट्रिय जलवायु योजना निर्माणको समय तालिका र कोप २९ को मुख्य छलफलको विषय बारे जानकारी गराइएको छ ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रि ऐन बहादुर शाहीले जलवायु परिवर्तनले मुलुकमा पुगेको क्षतीको परिपुरणको लागि अधिकारमुखि अवधारणा प्रस्तुत गर्ने गरी सरकार सो सम्मेलनमा प्रस्तुत हुने बताए ।

सम्मेलनको तयारीमा सबै मन्त्रालय, सरोकारवाला र विकास साझेदार संस्थाहरु अग्रसर हुनुपर्ने बताए ।

मन्त्री शाहीले त्यसका लागि सरकार प्रतिवद्ध भएर लागि परेको र कोप २९ को एजेण्डा बनाउँदा नेपाल सरकारले पेरिस सम्झौता कार्यान्वयनलाई लक्ष्य बनाउनु पर्ने उल्लेख गरे ।

मन्त्री शाहीले सरकारले जलवायु परिवर्तनको जोखिम न्यूनिकरणका लागि आवश्यक नीतिमा थप योगदान दिन पनि सम्बन्धित मन्त्रालय, सरोकारवाला निकाय र विकास साझेदार संस्थाहरुलाई आग्रह पनि गरे ।

प्रकाशित मिति २०८१ भदौ १८ गते मंगलबार १०:२४
हजुरको प्रतिक्रिया