२०८३ साउन २१ गते बिहीबार

फेवातालमा एक युवा मृत फेला

फेवातालमा एक युवा मृत फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ माघ १ गते बिहीबार १२:५०

पाेखरा । केही दिन देखी हराइरहेका पोखराका एक युवक फेवातालमा मृत अबस्थामा फेला परेका छन् । पोखरा २२ पुम्दीभुम्दीका २४ बर्षिय सन्तोष परियारको शव फेवातालमा तैरेको अवस्थामा फेला परेको हो । पुष २२ गते पुम्दीभुम्दीको चिहानडाँडामा पिकनिक...

पाेखरा । केही दिन देखी हराइरहेका पोखराका एक युवक फेवातालमा मृत अबस्थामा फेला परेका छन् । पोखरा २२ पुम्दीभुम्दीका २४ बर्षिय सन्तोष परियारको शव फेवातालमा तैरेको अवस्थामा फेला परेको हो ।

पुष २२ गते पुम्दीभुम्दीको चिहानडाँडामा पिकनिक खान अन्य साथीहरु सँग गएका सन्तोष राति सम्म घर नफर्किए पछि परिवारले प्रहरीलाई खबर गरिएको थिए ।

प्रहरीले खोजतलास गर्ने क्रममा पिकनिक खान गएको ठाँउबाट ३ सय मिटर पश्चिमतर्फ फेवातालमा बिहान शव फेला पारेको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेशका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

त्यसै गरि गोरखा शहिद लखन नगरपालिका ६ घर भई एक युवक मृत फेला परेका छन् । पोखरा महानगरपालिका १९ लामाचौर स्थित खेत भन्ने स्थानमा कृष्ण बहादुर माजकोटीले संचालन गरेको फर्निचर उद्योगमा काम गर्ने वर्ष ३२ को सुरेश कोइराला मृत भेटिएका हुन् ।

उद्योग भित्र ब्लकले बनेको कोठामा भित्रबाट चुक्कुल लगाई सुतेकोमा विहान नउठेपछि प्रहरीलाई खबर गरे पश्चात प्रहरी टोली पुगि स्थानीय प्रतिनिधिको रोहवरमा ढोका फोरी हेर्दा खाटमा कोल्टो परी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति २०७७ माघ १ गते बिहीबार १२:५०
हजुरको प्रतिक्रिया