२०८३ कात्तिक ११ गते मंगलबार

बम विस्फोटबाट घाइते भएकाहरुको उपचार सरकारले गर्ने

बम विस्फोटबाट घाइते भएकाहरुको उपचार सरकारले गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २३ गते आइतबार ११:५८

पाँचथरको  फालेलुङ गाउँपालिका ५ डाँडागाँउमा भएको बम विस्फोटमा परी घाइते भएका पवन र दिप्सन राईको उपचारको जिम्मा नेपाल सरकारले लिने भएको छ  ।

काठमाडौं । पाँचथरको  फालेलुङ गाउँपालिका ५ डाँडागाँउमा भएको बम विस्फोटमा परी घाइते भएका पवन र दिप्सन राईको उपचारको जिम्मा नेपाल सरकारले लिने भएको छ  ।

स्वास्थ्यमन्त्री प्रदिप पौडेलले कीर्तिपुर अस्पतालको बर्न शाखामा उपचाररत पवन र दिप्सनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका थिए । उनले उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

घटनामा  घाइते भएका चार जना बालबालिका मध्ये ११ वर्षीय दिप्सन साँवा र अढाई वर्षीया प्रिन्सा साँवाको मृत्यु भइसकेको छ ।  उनीहरु दाजु बहिनी हुन् । पवन र दिप्सन राईको भने कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।

फालेलुङ गाउँपालिकाको डाडागाउँमा आइतराज केरुङको घरमा ०८१ भदौ १३ गते विष्फोटक पदार्थ (द्वन्द्वकालको ह्यान्डमेड सकेट बम)विष्फोट हुँदा उक्त घटना भएको हो । पाँचथरमा यसअघि पनि पटक पटक बम विस्फोट हुँदा यस्ता खाले घटना भएका छन् ।

प्रकाशित मिति २०८१ भदौ २३ गते आइतबार ११:५८
हजुरको प्रतिक्रिया
मुग्लिन–पोखरा अब सररर

मुग्लिन–पोखरा अब सररर

२०८३ कात्तिक ११ गते मंगलबार ०५:११
दशैंमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटक ५ हजार ३८४

दशैंमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटक ५ हजार ३८४

२०८३ कात्तिक ११ गते मंगलबार ०५:०४
विराटनगरमाथि चितवनको रोमाञ्चक जित

विराटनगरमाथि चितवनको रोमाञ्चक जित

२०८३ कात्तिक ११ गते मंगलबार ०४:५४