२०८३ साउन २१ गते बिहीबार

चीनमा टाइफुन यागीको प्रभाव

चीनमा टाइफुन यागीको प्रभाव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २४ गते सोमबार ११:१९

चीनको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले युनान प्रान्तमा बाढीको लागि स्तर जोखिमको तह पार गरेको बताइएको छ ।

सिन्ह्वा ।

सुपर टाइफुन यागीको प्रभाव जारी रहँदा चीनमा आपतकालीन प्रतिक्रिया प्रयासहरू परिचालन गरिएको छ ।

चीनको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले युनान प्रान्तमा बाढीको लागि स्तर जोखिमको तह पार गरेको बताइएको छ ।

विपद् व्यवस्थापन मन्त्रालयले जलस्रोत मन्त्रालय र अन्य सरकारी निकायसँग समन्वय गरी क्षतिग्रस्त पूर्वाधार मर्मत गर्न र प्रभावित बासिन्दालाई राहत उपलब्ध गराउन संयुक्त निर्देशन दिएको छ ।

आँधीका कारण कुनै मानवीय क्षति भने नभएको अन्तर्राष्ट्रिय समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति २०८१ भदौ २४ गते सोमबार ११:१९
हजुरको प्रतिक्रिया