२०८३ कात्तिक ११ गते मंगलबार

१० सामुदायिक स्कुलमा चिनियाँ भाषा पढाउँदै पोखरा महानगर

१० सामुदायिक स्कुलमा चिनियाँ भाषा पढाउँदै पोखरा महानगर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २४ गते सोमबार ०४:१०

पोखरा । पाेखरा महानगरपालिकाले १० वटा सामुदायिक स्कुलमा चिनियाँ भाषा पढाउने भएको छ । पोखराका स्कुलमा निशुल्क चिनियाँ भाषा पढाउने गरी आइतबार चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबीच सम्झौता भएको हो । महानगरका अनुसार अंग्रेजी भाषालाई...

सामाजिक सञ्जालमा बिराेध

पोखरा ।
पाेखरा महानगरपालिकाले १० वटा सामुदायिक स्कुलमा चिनियाँ भाषा पढाउने भएको छ । पोखराका स्कुलमा निशुल्क चिनियाँ भाषा पढाउने गरी आइतबार चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबीच सम्झौता भएको हो ।

महानगरका अनुसार अंग्रेजी भाषालाई माध्यम भाषा बनाएर पहिलो चरणमा १ वर्षसम्म १० वटा विद्यालयहरूमा चिनियाँ भाषाका थप (अतिरिक्त) कक्षाहरू सञ्चालन हुनेछन् । चिनियाँ भाषा पढाउन १० जना चिनियाँ स्वयंसेवक शिक्षक पोखरा आइपुगिसकेको महानगरले जानकारी दिएको छ ।

सम्झौता अनुसार पार्दी माध्यमिक विद्यालय बिरौटा, बाल मन्दिर माध्यमिक विद्यालय नदीपुर, जनप्रकाश माध्यमिक विद्यालय भण्डारढिक, छोरेपाटन माध्यमिक विद्यालय छोरेपाटन, लक्ष्मी आदर्श माध्यमिक विद्यालय सिसुवा, गौरीशङ्कर माध्यमिक विद्यालय हेमजामा निशुल्क चिनियाँ भाषा पढाइ हुनेछ ।

त्यस्तै, विष्णु पादुका माध्यमिक विद्यालय हेम्जा, राष्ट्रिय माध्यमिक विद्यालय टुँडिखेल, लक्ष्मी माध्यमिक विद्यालय अघौँ र जनप्रिय माध्यमिक विद्यालय, सिमलचौरमा अतिरिक्त कक्षाका रूपमा भदौ २७ गतेदेखि निःशुल्क चाइनिज भाषाको कक्षा सञ्चालन हुने पोखरा महानगरले जनाएको छ ।

सामाजिक सञ्जालमा  विराेध

महानगरकाे याे निर्णयकाे सामाजिक सञ्जालमा केहिले विराेध जनाएका छन् ।

राप्रपा कास्कीका प्रवक्ता अरूण गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महानगरकाे याे निर्णयकाे बिराेध गरेका छन् । गिरी लेख्छन-

विद्यालयहरूमा चाइनिज भाषा !
एक ताका माओवादीहरुले विद्यालयहरूमा पुगेर बम र बन्दुकको आडमा संस्कृत किताब जलाए !
अर्को थरीले देश अंग्रेजी नजानेर पछाडी परेको भन्ने भाष्य सृजना गरे अनि अंग्रेजी माध्यममा पढाई हुने बोर्डिङ स्कूल खोले !
सरकारी विद्यालयहरुका पनि किताब फेरिए ! विद्यालयहरु पनि स्कूल बन्दै गए !
आज प्राय सबै स्कूलहरुमा मातृभूमि, भाषा, मौलिक सीप, संस्कार, संस्कृति र नैतिकता छोडेर विदेश मात्र पढाई हुन्छ !
धेरै स्टुडेण्टहरु (विद्यार्थी भन्न हुन्न) नेपालीमा फेल हुन्छन !
न हामीलाई हाम्रो भाषा, संस्कार – संस्कृति पढाइयो, न धार्मिक ग्रन्थ ! न मौलिक सीप सिकाइयो न राष्ट्रिय गौरवका भावना जागृत गराइयो !
आत्मनिर्भर होइन परनिर्भर हुन सिकाउने थलो स्कूल बन्यो !
यसै क्रममा पोखरा महानगरपालिकाले एक कदम अगाडी बढेर अग्रगामी छलांग मार्दै विद्यालयहरूमा चाइनिज भाषा पढाउने समाजवादी निर्णय गर्नु भएछ !
मलाई निर्वाचन ताका एकजना बुवाले भन्नु भएको थियो, ‘पहिला राष्ट्र, राष्ट्रियता, गौरव, देशको माटो, देशको उत्पादन, नैतिकता, संसार, संस्कृति र संस्कृत पढाई-सिकाइ हुन्थ्यो र पो देशकालागि जनशक्ति तयार हुन्थे, आजकल त विदेश र विदेशी मात्र पढाई हुन्छ त्यसैले विदेशका लागि जनशक्ति तयार हुन्छ। ‘
हाम्रो देश विदेशीका लागि जनशक्ति उत्पादन गरिदिने म्यानपाओर एजेन्सी हो ?
पोखरा महानगरपालिकाको यो निर्णयको घोर विरोध गर्दछु र मेयरलाई यो निर्णय तुरुन्त खारेज गर्नका लागि जोडदार माग गर्दछु !
साथै रहर नै हो भने धनराज निःशुल्क चाइनिज भाषा सेन्टर खोल्न सुझाव दिन चाहन्छु !
(प्रसंग: पर्यटन लगायतका विभिन्न व्यवसायीक क्षेत्रहरूमा टेवा पुग्ने भन्दै पोखरा महानगरपालिकाले पोखराका १० वटा सामुदायिक विद्यालयहरूमा निःशुल्क चाइनिज भाषाका कक्षा सञ्चालन गर्ने चिनियाँ दूतावाससंग सम्झौता गरेको छ।पहिलो चरणमा १ वर्षसम्म १० वटा विद्यालयहरूमा चाइनिज भाषाका थप (अतिरिक्त) कक्षाहरू सञ्चालन हुनेछन्। जसका लागि १० जना भोलेन्टियर चाइनिज शिक्षक पोखरा आईपुगेका छन्।)
नोट : म कुनैपनि भाषा सिक्ने र सिकाउने कार्यको विरोधी होइन !
महानगरकाे याे निर्णयकाे सामाजिक सञ्जालमा अन्य केहिले समेत विराेध जनाएका छन् । यस्तै दारी ग्याङ नेपालका प्रवक्ता अभिमन्यु पाण्डेले पनि उक्त निर्णयकाे विराेध गर्दै निर्णय फिर्ता लिन अनुराेध गरेका छन् । पाण्डेले मेयर आचार्यलाई यस्तो सल्लाह कसले दिन्छ भनि प्रश्न समेत गरेका छन । यस्तै इञ्जिनियर दिपक पाैडेलले चाइनिज टिचर हाेइन।  मेयरलाई नै डिपाचर गर्न मन भएकाे उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति २०८१ भदौ २४ गते सोमबार ०४:१०
हजुरको प्रतिक्रिया