२०८३ साउन २१ गते बिहीबार

आज विश्व आत्महत्या रोकथाम दिवस

आज विश्व आत्महत्या रोकथाम दिवस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २५ गते मंगलबार १०:२५

नेपालमा दैनिक सरदर २० जनाले आत्महत्या गर्ने गरेका छन् । नेपालमा आर्थिक वर्ष २०८०÷८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेका थिए ।

पोखरा ।

सेप्टेम्बर १० अर्थात् आज विश्व आत्महत्या रोकथाम दिवस। ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ नाराका साथ जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

विश्वभर प्रतिवर्ष ८ लाखभन्दा बढी व्यक्तिले आत्महत्या गर्ने गरेको बताइएको छ ।

नेपालमा दैनिक सरदर २० जनाले आत्महत्या गर्ने गरेका छन् । नेपालमा आर्थिक वर्ष २०८०÷८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेका थिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.यदुचन्द्र घिमिरे आत्महत्याका को उच्च जोखिममा रहेका वर्गको पहिचान गरी उनीहरूलाई निरन्तर निगरानीमा राख्नुपर्ने बताएका छन् ।

आत्महत्या बढ्दै गएपछि संसदीय समितिको निर्देशनअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक अस्पतालमा ११६६ नम्बरको हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कुल आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएको देशमा हुने गर्छ ।

प्रकाशित मिति २०८१ भदौ २५ गते मंगलबार १०:२५
हजुरको प्रतिक्रिया