२०८३ साउन २१ गते बिहीबार

लागूऔषध विक्री वितरण गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

लागूऔषध विक्री वितरण गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २७ गते बिहीबार ०७:५७

लागूऔषध विक्री वितरण गरेको आरोपमा प्रनितिधि सभाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

पोखरा
लागूऔषध विक्री वितरण गरेको आरोपमा प्रनितिधि सभाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिया फार्मेसीको सञ्चालकसमेत रहेका श्रेष्ठलाई बिहीबार पक्राउ गरेको हो ।

यसअघि साउन ३ गते प्रहरीले रोल्पा त्रिवेणी गाउँपालिका–७ घर भइ पोखरा बस्ने ४२ वर्षीय प्रकाश मगरलाई लागुऔषधसहित पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा प्रकाशले लागुऔषध ढाकाकुमारको फार्मेसिबाट खरिद गरेको वयान दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।

नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको थापाले बताए ।

प्रकाशित मिति २०८१ भदौ २७ गते बिहीबार ०७:५७
हजुरको प्रतिक्रिया