२०८३ साउन २१ गते बिहीबार

‘बेनीको बजार’ गीतकी सर्जक मना छन्त्याल सम्मानित

‘बेनीको बजार’ गीतकी सर्जक मना छन्त्याल सम्मानित

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८१ भदौ २९ गते शनिबार ११:१४

विसं २०१९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलोपटक सार्वजनिक भएको गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो । रेडियो नेपालमा रेकर्ड भएपछि रेडियो नेपालबाट यो गीत त्यस बेला निकै बज्यो । धेरैले मन पनि पराएका थिए ।

म्याग्दी ।

लोकप्रिय गीत बेनीको बजार, जता माया उतै छ नजर‘की रचनाकार एवं गायिका मना छन्त्याल श्रेष्ठलाई म्याग्दीको सदरमुकाम बेनीबजारमा शनिबार एक समारोहका बिच सम्मान गरिएको छ ।

सदरमुकाम बेनीबजारस्थित विरेन्द्रचोक टोल विकास संस्थाले पाँचदशक अगाडी गीतसंगीतमार्फत म्याग्दीको सदरमुकाम बेनीबजारलाई चिनाउन सफल भएको भन्दै टोल विकास संस्थाका अध्यक्ष महेन्द्र श्रेष्ठ, निर्वतमान अ अध्यक्ष दलप्रसाद श्रेष्ठले सम्मानपत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा टोलबासीको उपस्थिती रहेको थियो । सम्मान कार्यक्रममा गायिका छन्त्यालले अहिलेसम्म गीतको लोकप्रियता देखेर उत्साहित भएको बताइन् ।

विसं २०१९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलोपटक सार्वजनिक भएको गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो ।

रेडियो नेपालमा रेकर्ड भएपछि रेडियो नेपालबाट यो गीत त्यस बेला निकै बज्यो । धेरैले मन पनि पराएका थिए ।

गीतका संकलनकर्ता स्वर्गीय टिका बहादुर श्रेष्ठ र धर्मपत्नी समेत रहेकी गायिका मना छन्त्याल श्रेष्ठको तस्वीर पेन्टिङ समेत गरी प्रचारप्रसार गरेको टोलविकास संस्थाले भविस्यमा उचित ठाउँ पाएमा स्वर्गीय टिकाबहादुरको सालिक समेत राख्ने योजना बनाएको छ ।

म्याग्दी नदी र कालीगण्डकीको संगमस्थलमा अवस्थित बेनीबजार प्राकृतिक सुन्दरता र ऐतिहासिक दृष्टिकोणलेसमेत महत्वपूर्ण रहेको अवस्थामा यो गीतले देश र विदेशमा चिनाएको थियो ।

म्याग्दी जेसिजले गीतका सर्जकको परिवारबाट अनुमति लिएर म्युजिक भिडियोलाई नयाँ प्रस्तुतिका साथ पुनःनिर्माण गरेको छ । उक्त गीत शनिबार नै विमोचन गरिँदैछ ।

प्रकाशित मिति २०८१ भदौ २९ गते शनिबार ११:१४
हजुरको प्रतिक्रिया