पाेखरा ।
कास्की प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ८६ जना प्रतिवादीहरूलाई पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयहरूमार्फत भदाै महिनाभर अदालतबाट विभिन्न मुद्दामा फैसला भएर कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ८६ जना प्रतिवादीलाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे हाे । पक्राउ पर्नेहरूमा ६३ जना पुरूष र २३ जना महिला रहेकाे प्रहरीले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ ।
पक्राउ पर्नेहरूमा चेक अनादार मुद्दामा ५२ जना, लागू औषध मुद्दामा ९ जना, चोरी सम्बन्धी मुद्दामा १ जना, अपहरण तथा शरिर बन्धक मुद्दमा १ जना, हातहतियार तथा खरखजना मुद्दामा १ जना, नागरिकता तथा छाप दस्तखत किर्ते मुद्दामा १ जना रहेकाे उल्लेख छ ।
यस्तै, राष्ट्रिय वन क्षेत्रमा रुख कटान गरी फडानी गरेको मुद्दामा २ जना, बाल यौन दुरुपयोग मुद्दामा २ जना, बैंकिङ कसूर मुद्दामा ६ जना, अभद्र व्यवहार मुद्दामा ३ जना, लेनदेन मुद्दामा ३ जना, सवारी ज्यान मुद्दामा २ जना पक्राउ परेका हुन् ।
छ्यालिस लाख बयालिस हजार नौ सय जरिवाना असुल गर्नुपर्ने तथा ८ वर्ष १० महिना १ दिन कैद सजायकाे माग गर्दै प्रहरीले पक्राउ परेकाहरूलाई अदालतसमक्ष पेश गरेकाे छ ।
प्रकाशित मिति २०८१ भदौ ३१ गते सोमबार ०९:१९




