२०८३ साउन २१ गते बिहीबार

म्याग्दीमा घरमै सुत्केरी गराउने चलन कायमै

म्याग्दीमा घरमै सुत्केरी गराउने चलन कायमै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज २ गते बुधबार ०७:५४

म्याग्दी । म्याग्दीमा घरमा सुत्केरी गराउने चलन कायमै रहेको पाइएको छ । शिक्षित परिवारकै लापरबाही, हेलचेक्र्याइँले गर्दा अझै पनि घरमै सुत्केरी हुने चलन कायमै रहेको तथ्याङ्क सार्वजनिक भएको छ । स्वास्थ्य कार्यालयको आर्थिक वर्ष...

म्याग्दी ।

म्याग्दीमा घरमा सुत्केरी गराउने चलन कायमै रहेको पाइएको छ ।

शिक्षित परिवारकै लापरबाही, हेलचेक्र्याइँले गर्दा अझै पनि घरमै सुत्केरी हुने चलन कायमै रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

स्वास्थ्य कार्यालयको आर्थिक वर्ष २०८०÷८१ को मा सम्पादित स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठीमा स्थानीय तह र स्वास्थ्य संस्थाले ग्रामीण क्षेत्रसम्म प्रभावकारी सेवा विस्तार गरेको दावी गरिरहँदा नवजात शिशु र आमाको जीवन जोखिमबाट जो लक्ष्य म्याग्दीमा पूरा हुने सम्भावना देखिएको छैन ।

म्याग्दीमा एक वर्षमा घरमा २६ जना सुत्केरी भएको पाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ६ वटा स्थानीय तह रहेको म्याग्दी जिल्लामा अन्नपूर्ण गाउँपालिकाबाहेक सबै स्थानीय तहमा घरमा सुत्केरी भएको तथ्याङ्कले देखाएको छ ।

घरभित्रै सुत्केरी हुनेमा सबैभन्दा धेरै मालिका गाउँपालिकामा १०, रघुगंगा गाउँपालिकामा ९, मंंगला गाउँपालिका ५ र धवलागिरी गाउँपालिकामा ३ जना रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठी जारनकारी दिए ।

स्वास्थ्य चौकीमा चार पटक गर्भजाँच गर्ने, गर्भवतीले टिटी खोप लगाउने, नियमित रुपमा आइरन चक्की लिने जस्ता अभियानमा चासो देखाउनेहरू स्वास्थ्यचौकीमै पुगेर सेवा लिने गरेका छन् । परम्परागत विधि प्रयोग गरेर सुत्केरी गराउँदा आमा र शिशु दुवैको ज्यान खतरा हुन्छ ।

अन्नपूर्ण गाउँपालिकाले चार पटक गर्भ परीक्षण गर्दा हरेक पटक एकरएक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरमै पुगेर एउटा कुखुराको भालेसहितको प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने कार्यक्रमले सुत्केरी हुदाँ स्वास्थ्य संस्थामा पुग्ने क्रम बढेको छ ।

प्रकाशित मिति २०८१ असोज २ गते बुधबार ०७:५४

हजुरको प्रतिक्रिया