२०८३ साउन २१ गते बिहीबार

रुपा गाउँपालिकामा रुपा रिङरोडको शिलान्यास

रुपा गाउँपालिकामा रुपा रिङरोडको शिलान्यास

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज ३ गते बिहीबार ०८:१०

कास्कीको रुपा गाउँपालिकामा रुपा रिङरोडको शिलान्यास गरिएको छ ।

पोखरा
कास्कीको रुपा गाउँपालिकामा रुपा रिङरोडको शिलान्यास गरिएको छ । रुपाको रिङरोडअन्र्तगत दोस्रो खण्डको रामकोट–हाँसपोखरी–ठुलाबेसी–स्यास्त्री–देउपुर्वेशी– पोल्याङगसम्म १६ दशमलब १२९ किलोमिटर सडकको बिहीबार गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले शिलन्यास गरे ।

उक्त खण्ड बिबिआर कन्स्ट्रक्सन जेभी हेटौडाले ४७ करोड १८ लाख ९१ हजारमा निर्माणको जिम्मा पाएको छ । २०८३ माघ १६ गतेसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ ।

सडकको शिलन्यास गदैँ पूर्वमुख्यमन्त्री अधिकारीले रुपामा सडकको विस्तार तिव्र रुपमा भइरहेको बताए । उनले गाउँमा विकास निर्माण आए पनि बसाइसराई र युवा विदेशीने गरेकोमा चिन्ता व्यक्त गरे । यस्तै गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले समयमै सडक निर्माणका लगि निर्माण कम्पनीलाई आग्रह गरे ।

प्रिमिक्स प्रविधिमा सडक कालोपत्रे गरिने पूर्वाधार विकास कार्यालय कास्कीले जानकारी दिएको छ । ६४ किलोमिटर रिङरोडमध्य १९ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । यो वाहेक ३२ किलोमिटर सडक स्तरोन्नतीको लागि वाकीँ छ । संघ सरकारको ५० प्रतिशत र प्रदेश सरकारको ५० प्रतिशत लगानीमा सडक बन्न लागेको हो ।

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले प्रदेश सरकारको सहयोगमा सडक निर्माणको कार्य सुरुवात हुन लागेको बताए । उनले यो सडकले गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उक्त रोडले गाउँपालिकाको २ नम्बर वडावाहेकका वडा समेट्ने छ । रोड बनेसँगै स्थानीय उत्पादन कृषि पर्यटनको लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास सरोकारवालाको छ । लमजुङ र तनहुँका जिल्लाबाट समेत पोखरा आउने यात्रुले उक्त सडकबाट सेवा लिन सक्ने छन् ।

प्रकाशित मिति २०८१ असोज ३ गते बिहीबार ०८:१०

हजुरको प्रतिक्रिया