पोखरा
गतवर्ष जस्तै यस वर्ष पनि गण्डकीमा मुख्यमन्त्री कार्यालय परिषरमा संविधान दिवसको मनाइएको छ । दिवसको शुभकामना दिदै नेताहरुले संविधान कार्यान्वयनको अवस्था र संविधान संसोधनबारे चर्चा गरे ।
दिवसको शुभकामना दिदै सत्ता पक्ष नेताहरुले संविधान संसोधन मार्फत संविधानलाई थप परिस्कृत गरिने बताए । त्यसैका लागि दुइ ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेविच सहकार्य भएको नेताहरुले जोड गरे । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीतिक दलहरुको सहमतीमा संसोधनको आवश्यकता महशुस भएको विषयहरु संसोधानको प्रकृया अगाडी बढ्ने विश्वाश व्यक्त गरे । वर्तमान सरकार अलिहे भइरहेको व्यवस्था भन्दा पछाडी फर्कन्छकी भन्ने आशंकाबाट मुक्त हुन पनि उनले आग्रह गरे ।
मुख्यमन्त्री पाण्डेले संघीय साशन व्यवस्थामा सरकारका तहबिच शक्ती संघर्ष नियमित प्रकृया रहेको पनि बताए । संविधानले व्यवस्था गरेका अधिकारका सूचिहरु अझै कार्यान्वयनमा आउन नसकेको भन्दै प्रदेश सरकारले क्षमताले भ्याय सम्म अधिकतम प्रयास गरिरहेको दावी गरे । यस्तै पूर्वमुख्यमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता खगरजा अधिकारीले संविधानलाई अझ सुद्धिढ बनाउन दुइ ठुला दलबिच सहकार्य भएको बताए । उनले संविधानमा भएको व्यवस्थालाई अझ मजबुत र बलियो बनाउने कुरामा कसैले शंका नगर्न आग्रह गरे ।
प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले भने दुइ ठुला दल मिल्दा आशा भन्दा पनि निराशा पैदा भएको बताए । उनले संविधान दिवस मनाइरहदा अहिले सबै भन्दा निराशाको क्षण रहेको भन्दै उनले आशा गर्ने ठाउ नरहेको बताए ।
प्रदेशको अधिकार समेत बञ्चित गर्ने प्रयास गरिएको भन्दै उनले प्रहरी समायोजन हुने सम्भावना समेत टरेको बताए । गणतन्त्र र संविधानको रक्षा गर्नपर्छ भन्नेहरु कमजोर भएको अवस्थामा उपलब्धीहरुलाई उल्टाउने सडयन्त्र भइहरको उनले आरोप लगाए । प्रदेश तह केन्द्रको कारण निरन्तर अस्थिरताको छायामा परिरहेको उनको भनाई थियो । दिवशको अवसरमा सहिदचोकबाट झाकी सहितको र्याली निकिलिएको थियो ।
प्रकाशित मिति २०८१ असोज ३ गते बिहीबार ०८:१३




