पोखरा ।
यस वर्ष विजयादशमीको शुभसाइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटका लागि उत्तम रहेको छ ।
त्यस दिन बिहान ८ बजेर ३३ मिनेटदेखि देवी विर्सजनको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
विजयादशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उनले बताए । यस
वर्षको नवरात्र अर्थात दशैँ यही असोज १७ गते बिहीवारदेखि शुरु हुँदैछ । त्यस दिन बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले जनाएको छ ।
साथै असोज १८ गते शुक्रवार झण्डा फर्ने (पश्चिम मोहडा) ९ः१४ बजे, असोज २२ गते मंगलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७ः११ बजे र स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ ।
असोज २५ गते शुक्रबार अष्टमी र नवमी एकै दिन परेको छ ।

प्रकाशित मिति २०८१ असोज ५ गते शनिबार ०६:५७