२०८३ असोज २३ गते शुक्रबार

पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढ्यो

पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढ्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ माघ ६ गते मंगलबार ११:०४

पोखरा । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । निगमले सोमबार आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य बढाएको हो । मूल्य वृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको...

पोखरा । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । निगमले सोमबार आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य बढाएको हो ।
मूल्य वृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ पुगेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
मूल्य समायोजन पश्चात पनि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३४ पैसा र डिजलमा २ रुपैयाँ ९६ पैसा नोक्सान रहेको निगमको भनाइ छ ।
प्रकाशित मिति २०७७ माघ ६ गते मंगलबार ११:०४
हजुरको प्रतिक्रिया