२०८३ साउन २१ गते बिहीबार

फिल्मीशैलीमा च्याङ्ग्रा चोरी, चाेरीकाे कसूरमा १ जना पक्राउ

फिल्मीशैलीमा च्याङ्ग्रा चोरी, चाेरीकाे कसूरमा १ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज ८ गते मंगलबार ०९:५९

पाेखरा । पाेखरामा च्याङ्ग्रा चोरी गरेको कसूरमा १ जना पक्राउ परेका छन् । मुस्ताङका ताक्ला गुरुङको १०३ वटा च्याङ्ग्रा  ट्रकमा लोड गरी बेपत्ता भएका मुन्ना भनेर चिनिने मोहम्मद फकिरलाई कास्की प्रहरीले साेमबार पक्राउ गरेको हो । असोज...

पाेखरा ।

पाेखरामा च्याङ्ग्रा चोरी गरेको कसूरमा १ जना पक्राउ परेका छन् ।

मुस्ताङका ताक्ला गुरुङको १०३ वटा च्याङ्ग्रा  ट्रकमा लोड गरी बेपत्ता भएका मुन्ना भनेर चिनिने मोहम्मद फकिरलाई कास्की प्रहरीले साेमबार पक्राउ गरेको हो ।

असोज १ गते मुस्ताङस्थित ताक्ला गुरुङको गोठमै गएर मोहम्मदसहित ३ जनाले च्याङ्ग्राको मोलमोलाई गरेका थिए ।

च्याङग्रासहित फरार भएका मुन्ना

रुपन्देही शुद्धोधन गा.पा. वडा नं. ४ स्थायी घर भई हाल पोखरा ७ मासवार बस्ने मोहम्मद फकिरसहित ३ जनाले १०३ वटा च्याङ्ग्रा बयालिस लाखमा खरिद गर्ने सहमति गरेका थिए । । मुन्नाले आँफूसँग सोहि स्थानमा पैसा नभएकोले कहिले जोमसोम पुगेर दिने त कहिले पोखरा पुगेर दिन्छु भनि बहाना बनाएर च्याङ्ग्रा धनी ताक्ला गुरूङलाईसमेत पाेखरासम्म ल्याएका थिए ।  तर, मुन्ना  ताक्ला गुरुङ हाेटलमा सुतिरहेकै बेला च्याङ्ग्रा अर्काे ट्रकमा लाेड गरेर बेपत्ता भएका थिए ।

केहि समय कुर्दापनि मुन्ना पैसा लिएर नआएपछि शंका लागेर खोजतलास गर्दा मुन्ना फरार भएकाे थाहा पाएपछि ताक्ला गुरूङले प्रहरीमा उजुरी गरेका थिए । उजुरीका आधारमा प्रहरीले खाेजतलास गर्दा असोज ३ गते नै ४०–५० वटा च्याङ्ग्रासहितको ट्रक चितवनमा भेटिएको थियो । मुन्ना साेमबार उनैकाे कोठाबाट पक्राउ परेका हुन् ।

कास्की जिल्ला अदालतबाट ठगी अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा छ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

मुन्नाले केहि च्याङ्ग्रा मरेकाे र केहि बिक्री गरेकाे प्रहरीलाई बताएका छन् ।

प्रकाशित मिति २०८१ असोज ८ गते मंगलबार ०९:५९
हजुरको प्रतिक्रिया