२०८३ साउन २१ गते बिहीबार

कास्की प्रहरी प्रमुख मोहन थापाकाे सरूवा, नयाँ एसपीमा श्यामबाबु ओलिया आउँदै

कास्की प्रहरी प्रमुख मोहन थापाकाे सरूवा, नयाँ एसपीमा श्यामबाबु ओलिया आउँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज ८ गते मंगलबार १०:४६

पोखरा । कास्की प्रहरी प्रमुख  एसपी माेहनकुमार थापाकाे सरूवा भएकाे छ । थापाकाे प्रहरी प्रधान कार्यालय काठमाडाैंकाे मानव अधिकार उल्लंघन अनुगमन इकाईमा सरूवा भएकाे प्रहरी प्रधान कार्यालय मानवश्राेत विकास विभागले जनाएकाे छ । कास्की...

नेपाल प्रहरीका ४१ एसपीको एकैपटक सरूवा

पोखरा ।

कास्की प्रहरी प्रमुख  एसपी माेहनकुमार थापाकाे सरूवा भएकाे छ ।

थापाकाे प्रहरी प्रधान कार्यालय काठमाडाैंकाे मानव अधिकार उल्लंघन अनुगमन इकाईमा सरूवा भएकाे प्रहरी प्रधान कार्यालय मानवश्राेत विकास विभागले जनाएकाे छ ।

कास्की प्रमुख थापाकाे स्थानमा अब  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत श्यामबाबु ओलिया आउने भएका छन् ।

थापासँगै नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । जसमा तनहुँ प्रहरी प्रमुख अपीलराज बाेहाेरापनि परेका छन् । बाेहाेराकाे ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा सरूवा भएकाे छ ।

प्रहरी महानिरीक्षकको सोमबारको निर्णयानुसार सरूवा हुने एसपीहरूले असोज महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने पत्रमा उल्लेख छ ।

https://drive.google.com/file/d/1dVunkA6tVADm27dfOkRSJ__O434bu2v4/view?usp=drive_link

प्रकाशित मिति २०८१ असोज ८ गते मंगलबार १०:४६

हजुरको प्रतिक्रिया