२०८३ साउन २१ गते बिहीबार

बागलुङमा ४५ औँ विश्व पर्यटन दिवसका अवसरमा शान्ति पदयात्रा

बागलुङमा ४५ औँ विश्व पर्यटन दिवसका अवसरमा शान्ति पदयात्रा

डम्मर बुढा मगर

@Public 4K Tv

२०८१ असोज १० गते बिहीबार ०७:१०

बागलुङमा ४५ औँ विश्व पर्यटन दिवसका अवसरमा शान्ति पदयात्रा गरिएको छ । बागलुङ नगर पर्यटन विकास समितिको आयोजनामा प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका मन्दिरदेखि बागलुङ बजार हुँदै शालग्राम संग्राहलयसम्म शान्ति पदयात्रा गरिएको हो ।

बाग्लुङ ।

बागलुङको धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारका लागि शान्ति पदयात्रा गरेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए । पछिल्लो समय बिस्तारै बागलुङका पर्यटकीय गन्तव्यहरु चर्चामा आउन थालेको भन्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न पदयात्राले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

पद यात्रामा जिल्लाका उच्च पदस्थ व्यक्तिहरु सहभागी रहेको उनले बताए । पदयात्रामा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ लगायतको टोली सहभागी रहेको खडकाले बताए ।

असोज ११ गते विश्वभर ४५ औँ विश्व पर्यटन दिवस मनाइँदैछ । यस अवसरमा पर्यटन विकास समिति बागलुङले अन्य सांस्कृति कार्यक्रमसमेत आयोजना गर्ने भएको छ ।

प्रकाशित मिति २०८१ असोज १० गते बिहीबार ०७:१०

हजुरको प्रतिक्रिया