२०८३ साउन २१ गते बिहीबार

त्रिभुवन विश्वविद्यालयको आजको परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयको आजको परीक्षा स्थगित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज १३ गते आइतबार ०९:३१

मानविकी, शिक्षा शास्त्र तथा व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत स्नातक तह दोस्रो वर्षको आजको परीक्षा स्थगित भएको त्रिविले जनाएको छ ।

पोखरा ।

त्रिभुवन विश्वविद्यालयले आजका लागि तय भएका सम्पूर्ण परीक्षा स्थगित गरेको छ ।

मानविकी, शिक्षा शास्त्र तथा व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत स्नातक तह दोस्रो वर्षको आजको परीक्षा स्थगित भएको त्रिविले जनाएको छ ।

आंशिक तर्फको बीए, बीबीएस र बीएस्सीको परीक्षा पनि स्थगित गरिएको छ ।

यो परीक्षा असोज २१ मा सोही परीक्षा केन्द्र र समयमा सञ्चालन हुने त्रिविले जनाएको छ ।

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले सोमबारसम्मको परीक्षा स्थगित गरेको छ ।

त्रिवि र सीटीइभीटीले आइतबारको मात्रै परीक्षा स्थगित गरेकोमा पूर्वाञ्चलले सोमबारको पनि परीक्षा स्थगित गरेको हो ।

व्यवस्थापन, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, चिकित्सा शास्त्र, कला, शिक्षाशास्त्र संकायका विभिन्न शैक्षिक कार्यक्रमहरूको सेमेस्टर तथा वार्षिक प्रणाली अन्तर्गत नियमित, आंशिक र मौका परीक्षा सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति २०८१ असोज १३ गते आइतबार ०९:३१
हजुरको प्रतिक्रिया