२०८३ असोज २५ गते आइतबार

झ्याप्ले खोलामा खसेको पहिरो हटाइयो, लेदो माटोका कारण गाडी सञ्चालन हुन कठिनाइ

झ्याप्ले खोलामा खसेको पहिरो हटाइयो, लेदो माटोका कारण गाडी सञ्चालन हुन कठिनाइ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज १४ गते सोमबार ०९:१०

झ्याप्ले खोलादेखि खानीखोला, नौबिसेसम्म रोकिएका गाडी अहिले काठमाण्डौतर्फ पठाइएको छ । काठमाण्डौबाट छुट्ने र काठमाण्डौतर्फ गुड्ने अरू गाडी अहिले चल्न नपाउने ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौं ।

नागढुंगा–नौबिसे सडकखण्डमा पर्ने झ्याप्ले खोलामा खसेको पहिरो ४८ घण्टापछि हटाइएको छ ।

पहिरो हटेपछि सडक एकतर्फी खुलेको र त्यहाँ रोकिएका गाडीलाई पालैसँग काठमाण्डौतर्फ पठाउन थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।

पहिरोका कारण सडकमै रोकिएका गाडीको लामो लाइन भएकाले पहिले ती गाडीलाई गन्तव्यतर्फ पठाएपछि मात्रै अरू गाडी नियमित रूपमा सञ्चालनमा आउने ट्राफिक प्रहरीको भनाइ छ ।

झ्याप्ले खोलादेखि खानीखोला, नौबिसेसम्म रोकिएका गाडी अहिले काठमाण्डौतर्फ पठाइएको छ । काठमाण्डौबाट छुट्ने र काठमाण्डौतर्फ गुड्ने अरू गाडी अहिले चल्न नपाउने ट्राफिक प्रहरीले जनाएको छ ।

रोकिएका सबै गाडी पठाइसकेपछि सडकको अवस्था हेरेर मात्रै नियमित रुपमा गाडी सञ्चालन गर्न दिइनेछ ।

पहिरो हटाए पनि लेदो माटोका कारण गाडी सञ्चालन हुन कठिनाइ भइरहेको ट्राफिक प्रहरीको भनाइ छ ।

प्रकाशित मिति २०८१ असोज १४ गते सोमबार ०९:१०
हजुरको प्रतिक्रिया