२०८३ कात्तिक ११ गते मंगलबार

देशभर डेंगी संक्रमण बढ्यो, १४ हजारभन्दा धेरैमा संक्रमण पुष्टि

देशभर डेंगी संक्रमण बढ्यो, १४ हजारभन्दा धेरैमा संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज १९ गते शनिबार १०:३४

सबैभन्दा बढी गण्डकी प्रदेशमा संक्रमण देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा ६ हजार नौ सय २०, कोशी प्रदेशमा एक हजार तीन सय २९, मधेशमा दुई सय ८६, बाग्मतीमा चार सय ८९, लुम्बिनी नौ सय ९५, कर्णालीमा दुई सय २० र सुदूरपश्चिम प्रदेशमा सात सय ३६ जनामा संक्रमण देखिएको छ ।

सबैभन्दा धेरै गण्डकी प्रदेशमा ६ हजार ९ सय २० जना संक्रमित

पोखरा ।

पछिल्लो समय देशभर वर्षा भएसँगै डेंगीको संक्रमण बढेको छ । देशभर संक्रमितको संख्या १४ हजारभन्दा धेरै पुगेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालका अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेंगीको संक्रमण देखिएको छ ।

केही दिनअघि पानी परेका कारणले संक्रमण बढाएको उनले बताए । अहिलेसम्म हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण देखिएको छ ।

सबैभन्दा बढी गण्डकी प्रदेशमा संक्रमण देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा ६ हजार नौ सय २०, कोशी प्रदेशमा एक हजार तीन सय २९, मधेशमा दुई सय ८६, बाग्मतीमा चार सय ८९, लुम्बिनी नौ सय ९५, कर्णालीमा दुई सय २० र सुदूरपश्चिम प्रदेशमा सात सय ३६ जनामा संक्रमण देखिएको छ ।

यस्तै काठमाण्डौ उपत्यकामा दुई हजार नौ सय ९८ जनामा डेंग संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगीको संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी, गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

यता गोरखामा डेंगु संक्रमणले एक महिलाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका– ७ कुलगाउँकी ४८ वर्षीय एक महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

डेंगीबाट बच्न सधैँ झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपछी व्यवस्थित ढङ्गले पाल्न, घर वरिपरी गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति २०८१ असोज १९ गते शनिबार १०:३४
हजुरको प्रतिक्रिया