२०८३ साउन २१ गते बिहीबार

रिजन प्रजु पोखरा एभेन्जर्सको सहायक प्रशिक्षक नियुक्त

रिजन प्रजु पोखरा एभेन्जर्सको सहायक प्रशिक्षक नियुक्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज २० गते आइतबार १०:३२

‘मलाई सहायक प्रशिक्षकको रूपमा सेवा गर्ने अवसर दिनुभएकोमा म पोखरा एभेन्जर्सप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । म टोलीको सफलता र वृद्धिमा योगदान गर्न पाउँदा उत्साहित छु,’ उनले भने ।

पोखरा ।

नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले रिजन प्रजुलाई सहायक प्रशिक्षक नियुक्त गरेको छ ।

एभेन्जर्सले सामाजिक संजालमार्फत रिजन सहायक प्रशिक्षक नियुक्त गरेको जनाएको हो ।

गण्डकी प्रदेशमा मुख्य प्रशिक्षकसमेत रहेका रिजनले राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षकको भुमिका निर्वाह गरिसकेका छन् ।

उनले आईसीसी लेभल–२ कोर्स पनि गरेका छन् । सहायक प्रशिक्षक नियुक्त भएसंगै रिजनले टोलीको सफलता र वृद्धिमा योगदान गर्न पाउँदा उत्साहित भएको बताए ।

‘मलाई सहायक प्रशिक्षकको रूपमा सेवा गर्ने अवसर दिनुभएकोमा म पोखरा एभेन्जर्सप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । म टोलीको सफलता र वृद्धिमा योगदान गर्न पाउँदा उत्साहित छु,’ उनले भने ।

आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपिएलका लागि पोखरा एभेन्जर्स नेपाल टी ट्वान्टी क्रिकेट प्राइभेट लिमिटेडको स्वामित्वमा रहेको छ ।

एभेन्जर्सको मार्की खेलाडीको रुपमा कुशल भुर्तेल छन् । ८ फ्रेन्चाइज टोली सहभागी एनपिएलको अक्सन आज काठमाडौंमा हुनेछ ।

अक्सनमा १४२ खेलाडी सहभागी छन् ।

प्रकाशित मिति २०८१ असोज २० गते आइतबार १०:३२
हजुरको प्रतिक्रिया