२०८३ साउन २१ गते बिहीबार

फूलपातीका दिन नेपाल वायुसेवा निगमले काठमाडौं—भैरहवा उडान गर्ने

फूलपातीका दिन नेपाल वायुसेवा निगमले काठमाडौं—भैरहवा उडान गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज २२ गते मंगलबार ०९:०६

आर.ए—१७३३ उडान नम्बरमा बिहान ११ बजे काठमाडौं—भैरहवा उडान गर्ने र त्यसको लागि एकतर्फी भाडादर ७ हजार रुपैयाँ राखिएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए ।

 

काठमाडौं ।

नेपाल वायुसेवा निगमले काठमाडौं—भैरहवा उडान गर्ने भएको छ ।

मनसुनजन्य विपद्का कारण देशभर सडक संरचनामा क्षति पुगेकाले चाडवाडमा नागरिकहरुको सुविधालाई लक्षित गरेर निगमले काठमाडौं—भैरहवा—काठमडौं उडान गर्ने भएको हो ।

आवतजावतमा सहजता प्रदान गर्नका लागि फूलपातिको दिन (असोज २४ गते) काठमाडौं निगमको A320 जहाजबाट उद्दार उडान गर्ने निगमले जनाएको छ ।

आर.ए—१७३३ उडान नम्बरमा बिहान ११ बजे काठमाडौं—भैरहवा उडान गर्ने र त्यसको लागि एकतर्फी भाडादर ७ हजार रुपैयाँ राखिएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए ।

उनका अनुसार विमानमा ३० केजीको लगेज लैजान पाउनेछन् । त्यस्तै सोही दिन साढे १२ बजे आर.ए—१७४३ उडान नम्बरमा भैरहवा—काठमाडौं उडान भर्ने र ३ हजार ८ सय भाडादर कायम गरिएको बताए ।

यात्रुहरुले निगमको आन्तरिक विक्रि कार्यालय, निगमको Website -www.nepalairlines.com.np_ वा आफ्नो मोबाइलबाट समेत Online Ticket लिन सकिने व्यवस्था रहेको निगमले जनाएको छ ।

अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने÷आउने राजमार्गहरु बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको हुँदा स्थल आवागमनमा कठिनाई भएको अवस्थामा निगमले वडादशैमा आ–आफ्नो जिल्ला स्थित घर आउन÷जान सहज होस भनी वडादशैंको फुलपातीको सो सेवा दिन लागेको कार्यकारी अध्यक्ष अधिकारीले बताए

प्रकाशित मिति २०८१ असोज २२ गते मंगलबार ०९:०६
हजुरको प्रतिक्रिया