२०८३ साउन २१ गते बिहीबार

लमजुङको दूधपोखरी गाउँपालिकाका पूर्वअध्यक्ष छुपीमाया गुरुङको निधन

लमजुङको दूधपोखरी गाउँपालिकाका पूर्वअध्यक्ष छुपीमाया गुरुङको निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज २२ गते मंगलबार १०:०१

दूधपोखरी– ५, कोल्की घर भएका गुरुङ केही वर्षयता पाठेघरको क्यान्सरबाट पीडित थिइन् । उनलाई थप पीडा भएपछि उपचारको लागि लैजाँदै गर्दा मंगलबार बिहान ३ बजेतिर बाटोमै निधन भएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य रामहरि न्यौपानेले जानकारी दिए ।

लमजुङ ।

लमजुङको दूधपोखरी गाउँपालिकाका पूर्वअध्यक्ष छुपीमाया गुरुङको निधन भएको छ ।

५८ वर्षीया उनको उपचारको लागि चितवन लैजाँदै गर्दा बाटोमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । स्थानीय तह निर्वाचन–२०७४ मा नेपाली कांग्रेसका तर्फबाट दूधपोखरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् ।

दूधपोखरी– ५, कोल्की घर भएका गुरुङ केही वर्षयता पाठेघरको क्यान्सरबाट पीडित थिइन् ।

उनलाई थप पीडा भएपछि उपचारको लागि लैजाँदै गर्दा मंगलबार बिहान ३ बजेतिर बाटोमै निधन भएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य रामहरि न्यौपानेले जानकारी दिए ।

कांग्रेस गण्डकी प्रदेश समिति सदस्य, नेपाली कांग्रेस महासमिति सदस्य गुरुङ अविवाहित हुन् ।

दूधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङले निवर्तमान अध्यक्ष छुपीमाया गुरुङको उपचारको क्रममा लैजाँदै गर्दा बाटोमै निधन भएको बताए ।

यसैबीच कांग्रेस जिल्ला कार्यसमिति लमजुङले पार्टीका होनाहार नेतृको निधन भएको भन्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मिति २०८१ असोज २२ गते मंगलबार १०:०१
हजुरको प्रतिक्रिया