पोखरा ।
पब्लिक टेलिभिजनका कार्यक्रम प्रस्तोता, सञ्चारकर्मी रघुनाथ वाग्ले सम्मानित भएका छन् ।
वाग्लेलाई ६९ औं प्रहरी दिवसका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयले सम्मान गरेको हो ।
प्रहरी गतिविधि र क्रियाकलापलाई आम सर्वसाधारणसम्म पु¥याउन, अपराध न्यूनिकरण र कानुनी सचेतना अभिवृद्धि गर्न सञ्चारकर्ममार्फत भूमिका खेलेको भन्दै वाग्लेलाई सम्मानित गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सम्मानित व्यक्तित्व वाग्लेलाई उच्च अदालत पोखराका मुख्य न्यायधीस रत्न बहादुर बागचन्दले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
सो अवसरमा गण्डकी प्रदेश प्रहरी विद्यालयका उत्कृष्ट शिक्षकका रुपमा सुनिल ढकाल र उत्कृष्ट विद्यार्थीका रुपमा वेविशा खाँण ठकुरीसमेत सम्मानित भए ।
६९ औं प्रहरी दिवसका अवसरमा आयोजित ५ कि. मि. खुला दौड प्रतियोगिताका विजेता प्रहरीहरु, विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने १४ जना प्रहरी तथा विभिन्न विधाका खेल प्रशिक्षकका रुपमा टहलसिंह थापा, किरण श्रेष्ठ, चन्द्र गुरुङलगायतलाई गण्डकी प्रदेश प्रहरी कार्यालयले सो अवसरमा सम्मान प्रदान गरेको थियो ।
६९ औं प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा प्रदेशका मुख्यमन्त्री, पोखरा महानगरपालिकाका प्रमुख, विभिन्न सुरक्षा निकायका प्रमुखलगायत विभिन्न संघसंस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति २०८१ असोज ३० गते बुधबार ११:५७




