२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा मनाइयाे ६९ औं प्रहरी दिवस

गण्डकीमा मनाइयाे ६९ औं प्रहरी दिवस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज ३० गते बुधबार १२:१८

पोखरा । नेपाल प्रहरीले मनाईरहेको ६९ औं प्रहरी दिवस गण्डकी प्रदेश प्रहरी कार्यालयले पनि विभिन्न कार्यक्रमकाे आयोजनाका साथ सम्पन्न गरेकाे छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज...

पोखरा ।

नेपाल प्रहरीले मनाईरहेको ६९ औं प्रहरी दिवस गण्डकी प्रदेश प्रहरी कार्यालयले पनि विभिन्न कार्यक्रमकाे आयोजनाका साथ सम्पन्न गरेकाे छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  सिमित साधनस्रोतका बाबजुद गण्डकी प्रदेशमा नेपाल प्रहरीले खेल्दै आएको भूमिकाकाे प्रशंसा गरे ।

देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउने कुरामा नेपाल प्रहरीले विशिष्ट योगदान गर्दै आएको  मुख्यमन्त्री पाण्डेले उल्लेख गरे । ‘प्राकृतिक प्रकोप, शान्ति सुरक्षाकाे प्रत्याभुतिमा प्रहरीकाे भूमिका महत्वपूर्ण हुने भन्दै पाण्डेले संघीय एैनकाे जटिलताले प्रदेशले साेचेअनुरूप प्रहरीसेवातर्फ ध्यान दिन नपाएकाे बताए । सिमित श्राेत साधनका वावजुद प्रहरीले गरेका कार्यहरू प्रशंसनीय रहेकाे पाण्डेले बताए ।

साे अवसरमा प्रहरी दिवसको अवसरमा आयोजना गरिएका खेलकुद प्रतियोगितामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रहरी कर्मचारी तथा दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण गरिएको थियो।

गण्डकी प्रदेश प्रहरीलाई विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरु मध्ये गण्डकी प्रदेश प्रहरी बिद्यालय बेलचौतारा, तनहुँका गणित शिक्षक सुनिल ढकाल, स्कुलबाट सर्वोत्कृष्ट अंक प्राप्त गर्न सफल बिद्यार्थी वेविशा खाँण ठकुरी र पब्लिक 4K टेलिभिजनका पत्रकार तथा कार्यक्रम प्रस्तोता रघुनाथ वाग्लेलाई दोसल्ला र प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिहले विगतदेखि नै राष्ट्र र जनताको सेवामा निरन्तर खट्दै आएको प्रहरी संगठन सदैब जनमुखी, पारदर्शी र छिटो छरितो सेवा प्रवाहमा प्रतिवद्ध रहेको बताइन्।

कार्यक्रममा उच्च अदालत पोखराका माननीय मुख्य न्यायधिस डा.रतन बहादुर वागचन्द, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी विश्व विद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङ, पश्चिम पृतना हेडक्वाटर पोखराका पृतना पति उपरथी सन्तोष बल्लभ पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०८१ असोज ३० गते बुधबार १२:१८
हजुरको प्रतिक्रिया