२०८३ साउन २१ गते बिहीबार

पोखराकाे गगनगौंडाबाट लागुऔषध सहित २ जना पक्राउ

पोखराकाे गगनगौंडाबाट लागुऔषध सहित २ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ माघ १६ गते शुक्रबार ०५:४१

पाेखरा । पोखरामा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३० गगनगौंडास्थित इलाका प्रहरीका कार्यालय शिशुवा डाँडाकोनाकबाट खटिएको प्रहरी टोलीले गगनगौंडाबाट लागुऔषधसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ...

पाेखरा । पोखरामा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३० गगनगौंडास्थित इलाका प्रहरीका कार्यालय शिशुवा डाँडाकोनाकबाट खटिएको प्रहरी टोलीले गगनगौंडाबाट लागुऔषधसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धादिङको साविक फुलखर्क गाविस वडा नम्बर ८ स्थायी घर भई हाल पोखरा १७ छोरेपाटन बस्दै आएका २९ वर्षीय दीपक थापा तथा पोखरा २१ स्थायी घर भएर हाल पोखरा १७ छोरेपाटनमा बस्दै आएका २७ वर्षीय सन्तोष सुवेदी रहेका छन् ।

उनीहरुलाई प्रहरीले चेकजाँच गर्ने क्रममा तनहुँदेखि पोखरा आउँदै गर्दा गगनगौंडाबाट पक्राउ गरेको हो ।

ग १७ प ५५८४ नम्बरको स्कुटरमा सवार उनीहरुले प्रहरीले जाँच गर्दा पक्राउ परेकाहरुको साथबाट डाइजापाम ३७ एम्पुल, फेनरागन ३७ एम्पुल, नुफ्रिनर ३७ सहित १ सय ११ थान एम्पुल बरामद गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार उनीहरुको साथबाट नगद ९ हजार ३ सय १० तथा २ थान मोबाइल बरामद गरिएको छ ।

पक्राउ गरेका दुवै जनालाई लागुऔषध सम्बन्धी कसुर अन्तरगत कास्की जिल्ला अदालतबाट १० दिन म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति २०७७ माघ १६ गते शुक्रबार ०५:४१
हजुरको प्रतिक्रिया