तनहुँ ।
गत शुक्रबार तनहुँको मानुङकोट घुम्न गएका पोखराका १३ यूवामाथी सांघातिक हमला गर्ने ५ जनालाई तनहुँ प्रहरीले पक्राउ गरेकाे छ ।
कुटपिटमा संलग्न दिनेश रामदामसहित ५ जना पक्राउ परेका र अन्यकाे खाेजी भैरहेकाे प्रहरीले जनाएकाे छ ।
७ वटा मोटरसाइकलमा मानुङकोट घुम्न गएका पोखराका १३ यूवा व्यास नगरपालिकाको बेलवासमा मादक पद्धार्थ सेवन गरी बसेका बेलवासका टोलेहरुले खुकुरी, लाठी र हेल्मेटले प्रहार गरेका थिए । विपिन गुरुङसहित २ जना टाउकोमा चोट लाग्दा गम्भिर घाइते भए भने तीन जना सामान्य घाइते भए ।
आक्रमणमा परी घाइते हुनेमा पोखरा-१५ नयाँगाउँका २७ वर्षीय बिपिन गुरुङ, पोखरा-१६ दीपका ३२ वर्षीय रामेश्वर धिताल, स्याङजा वालिङ-८ घर भई हाल पोखरा-११ रानीपौवा बस्ने २९ वर्षीय युवराज गुरुङ, रानीपौवाकै २७ बर्षीय बिष्णु गुरुङ र पोखरा-१८ सराङकोटका २९ वर्षीय सिद्धार्थ डङ्गोल छन् ।
बिहानै रक्सी धोकेर बसेका बेलवासका टोलेहरुले पोखराका युवाहरुको मोबाइल, सिक्री, औँठीसहित नगद पनि लुटेको पोखराका युवाहरुले बताएका छन् ।
आक्रमण गर्ने विरुद्ध पीडितहरुले जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएका छन् । सोहि अनुसार प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको तनहुँ प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८१ कात्तिक ८ गते बिहीबार १२:०२




