२०८३ साउन २१ गते बिहीबार

रवि लामिछानेलाई अनुसन्धानका लागि ७ दिन म्याद थप

रवि लामिछानेलाई अनुसन्धानका लागि ७ दिन म्याद थप

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक ८ गते बिहीबार ०३:१९

सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ । जिल्ला अदालत कास्कीका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित छविलाल जोशी र लिला पछाईंलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो ।

पोखरा ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । उनलाई सोही दिन राति पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराइएको थियो ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले त्यसलाई राजनीतिक प्रतिशोध भनेको छ र पक्राउको भोलिपल्ट बाटै पोखरामा विरोध प्रदर्शन गरिरहेको छ । आज पनि पोखरामा प्रर्दशन जारी छ । पोखरामा सूर्यदर्शन सहकारी पीडितहरुले पनि प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति २०८१ कात्तिक ८ गते बिहीबार ०३:१९
हजुरको प्रतिक्रिया