पोखरा ।
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ राजमार्ग भोलिदेखि सञ्चालनमा आउने भएको छ ।
अविरल वर्षाले क्षति पु¥याएका कारण अघिल्लो महिना असोज १२ गतेदेखि अवरूद्ध चिनियाँ भागको सडक आजसम्ममा मर्मत तथा पुनःनिर्माणको काम सकेर भोलि सोमबारदेखि गाडी चल्ने गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
नाका सञ्चालनमा ल्याई नेपाल चीनबीचको व्यापार, व्यवसायलाई निरन्तरता दिने काममा ल्हासामा रहेको नेपाली वाणिज्य महादूत नवराज ढकालले सहजीकरण गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
राजमार्ग सञ्चालनमा आउने भएसँगै नेपाल चीनबीचको व्यापार सहजीकरणमा ठुलो सहयोग मिल्नेछ ।
रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा सडक अवरूद्व भएको थियो । सडक अवरूद्ध हुँदा चिनियाँ मालसामानको ढुवानी गर्ने गाडी टिमुरे क्षेत्रमै रहेका पाङसिङको चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा टासपोर्टले जनाएको छ ।
प्रकाशित मिति २०८१ कात्तिक ११ गते आइतबार १०:३७